Automatic language translation
Our website uses an automatic service to translate our content into different languages. These translations should be used as a guide only. See our Accessibility page for further information.
फोन गर्नुस्:13 21 11
अष्ट्रेलियाले आफ्ना जनताहरुको सपना पूरा गर्न थुप्रै अवसर प्रदान गर्दछ। हरेक व्यक्तिमा आफू को मान्छेसँग विवाह गर्ने भनेर रोज्ने अधिकार हुन्छ। कम उमेरमै बलजफ्ती केटीमान्छेको विवाह गरिदिनाले उनीहरुको उज्ज्वल भविष्यको अवसर भताभुंग हुन्छ। यसले गर्दा उनीहरुको शिक्षाको अवसर सीमित हुन्छ भने बालापन र किशोरावस्थाका महत्वपूर्ण उमेर नष्ट हुन्छ। यो गैरकानुनी काम पनि हो। उनीहरुलाई उज्ज्वल भविष्य छान्न दिउँ।
जब एक व्यक्ति (वा दुवै) ले आफ्नो स्वतन्त्रता प्रयोग नगरी र उनीहरुको पूर्ण सहमतिविना विवाह हुन्छ, त्यसलाई बलजफ्ती विवाह भनिन्छ। उनीहरुलाई विवाह गराउनका निम्ति छलकपट, डरत्रास वा दबाबको सहारा लिइएको हुन्छ।
मानिसहरुलाई विवाह गर्नका लागि शारीरिक तथा मनोवैज्ञानिक तवरबाट दबाब दिइन्छ। यसमा शारिरिक वा यौनजन्य यातना, डरत्रास, थुना, विद्यालयबाट निष्काशन, वा कसैलाई भनेर विवाह भाँडिएमा परिवारको इज्जत जानेजस्ता धम्की पर्दछन्।
कम उमेरमा गरिने बलजफ्ती विवाह, जसलाई बलजफ्ती बालविवाह पनि भनिन्छ, १८ वर्षको उमेरभन्दा मुनि कसैलाई बलजफ्ती विवाह गराएको खण्डमा हुन्छ।
अष्ट्रेलियाको कानुन अनुसार, १८ वर्षभन्दा मुनिका बालबालिकाले विवाहका लागि अनुमति दिन सक्दैनन्। १६ र १७ वर्षका बालबालिकाले आफ्ना अभिभावक र अदालतबाट स्वीकृति गरेको प्राप्त छ भने मात्र विवाह गर्न सक्छन्। अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले जस्तोसुकै परिस्थितिमा पनि विवाह गर्न नमिल्ने कानुन छ।
कम उमेरको बलजफ्ती विवाह कुनै विशेष सँस्कृति, धर्म वा जातजातीमा मात्र सीमित छैन।
कम उमेरको बलजफ्ती बालविवाह अष्ट्रेलियको कानुनविरुद्ध छ। त्यस्तै बलजफ्ती विवाह पनि। बलजफ्ती कम उमेरको बालविवाह आयोजना गर्न भूमिका खेल्ने व्यक्तिलाई सात वर्षसम्म जेल चलान गर्न सकिन्छ।
यसमा परिवार, साथीभाइ, विवाह आयोजक, विवाह गराइदिने पुरोहित तथा धार्मिक नेताहरु समावेश हुन सक्छन्। जब विवाह वा समारोह कानुनीरुपमा मान्य विवाह नभई, साँस्कृतिक वा धार्मिक अभ्यासका लागि गरिँदा पनि यो कानुन लागू हुन्छ।
बलजफ्ती विवाहका लागि अष्ट्रेलियामा बाह्य मुलुकबाट वा बाह्य मुलुकमा अष्ट्रेलियाबाट कोही व्यक्ति ल्याउने लैजाने कार्यलाई पनि अपराधका रुपमा लिइन्छ। बाह्य मुलुकसँग जोडिएको कम उमेरको बलजफ्ती विवाह आयोजनामा संलग्न व्यक्तिहरुलाई २५ वर्षसम्म जेल चलान गर्न सकिन्छ।
बलजफ्ती विवाह तथा प्रबन्धित मागीविवाहमा फरक छ।
मागीविवाह त्यस्तो अवस्था हो जब १८ वर्ष वा माथिका व्यक्तिलाई अरु कोही व्यक्ति (प्राय: परिवार) द्वारा सम्भावित वैवाहिक जोडीसँग चिनाइन्छ। त्यसपछि ती दुई व्यक्तिले विवाह गर्ने वा नगर्ने भनेर निर्णय गर्छन्। दुवैले स्वतन्त्ररुपमा मागीविवाहमा सहमति जनाउनुपर्ने हुन्छ।
मागीविवाह अष्ट्रेलियामा कानुनीरुपमा मान्य छ।
यदि कुनै बच्चा वा व्यक्तिलार्इ कम उमेरमै बालविवाहका लागि बाध्य बनाइँदैछ कि भन्ने जान्न प्राय: कठिन हुन्छ।यदि तपार्इलार्इ कोही व्यक्तिलार्इ कम उमेरमै विवाहका लागि बाध्य बनाइँदैछ भन्ने लागेमा तपार्इले जतिसक्दो छिटो सहयोग खोज्नुपर्छ।
बलजफ्ती विवाह गराइँदै गरेको व्यक्ति तथा तपार्इ दुवै पक्षको सुरक्षाको बारे सोच्नु महत्वपूर्ण हुन्छ। यदि त्यहाँ तत्काल कुनै खतरा वा हिंसाको त्रास भए 000 मा फोन गर्नुस्।
हेल्पलाइनले खतरनाक जोखिममा रहेका बालबच्चा तथा कलिला व्यक्तिहरूका लागि दिनको २४ सै घन्टा सल्लाह तथा सहायता प्रदान गर्दछ। यसमा कम उमेरको बलजफ्ती बालविवाह पनि पर्दछ।
तपार्इले विश्वास गर्न सक्ने डाक्टर, शिक्षक वा परिवारका सदस्य जस्ता व्यक्ति पनि हुन सक्छ जोसँग तपार्इले सम्भावित कम उमेरको बलजफ्ती विवाहका बारेमा कुरा राख्न सक्नुहुन्छ।
यदि तपार्इ अंग्रेजीबाहेक अन्य भाषा बोल्नुहुन्छ भने, अनुवाद तथा दोभाषे सेवा Translating and Interpreting Service)लार्इ 13 14 50मा सम्पर्क गर्नुस् र बाल संरक्षण हेल्पलाइन(Child Protection Helpline)लाई 13 21 11 मा सम्पर्क गराईदिनु हुन अनुरोध गर्नुहोस्।
दासताविरुद्ध अष्ट्रेलिया(Anti-Slavery Australia)सम्पर्क 02 9574 9662 www.antislavery.org.au
अन्य जानकारी तथा सहायताका लागि 13 21 11 नम्बरमा सम्पर्क गर्नुस्।
21 Apr 2023
We acknowledge Aboriginal people as the First Nations Peoples of NSW and pay our respects to Elders past, present, and future.
Informed by lessons of the past, Department of Communities and Justice is improving how we work with Aboriginal people and communities. We listen and learn from the knowledge, strength and resilience of Stolen Generations Survivors, Aboriginal Elders and Aboriginal communities.
You can access our apology to the Stolen Generations.
What's this? To leave this site quickly, click the 'Quick Exit' button. You will be taken to www.google.com.au